
मकवानपुर, ३१ साउन । बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेल क्षेत्र र खेलाडीको विकासका लागि बागमती प्रदेश सरकार सदैव अग्रसर रहेको बताउनुभएको छ ।
मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका वडा नं–५ शिखर कटेरीमा आयोजना भएको खुला नकआउट ९ ‘ए’ साइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री महर्जनले खेलकुदलाई बागमती प्रदेश सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि आफू लागेको र खेल र खेलाडीको क्षेत्रको विकासका लागि सरकार सदैव अग्रसर रहेको बताउनुभएको हो ।
उहाँले मुलुकको खेलकुद क्षेत्रलाई व्यवसायीक रुपमा अघि बढाउन सबैको ध्यान केन्द्रीत हुनुपर्ने जिकिर गर्नुभयो । खेलकुदको पूर्वाधारहरु निर्माणमा बागमती प्रदेश सरकारले विशेष महत्व दिएको भन्दै खेलकुदमा लगानी गर्नका लागि बागमती प्रदेश सरकार सधै प्रयत्नशील रहने उहाँले बताउनुभयो ।















प्रतिक्रिया