२२ असार २०८३, सोमबार

नख्खु कारागारबाट ल्याएर तुलसी सहकारीका अध्यक्षसँग समितिले गर्‍यो सोधपुछ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग आज सोधपुछ गरेको छ ।

सिंहदरबारमा शनिबार बसेको बैठकमा समितिले नख्खु कारागारमा रहेका शर्मालाई बोलाएर सहकारीको रकम दुरुपयोगको विषयमा सोधपुछ गरेको सभापति सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

बचतकर्ताको ७८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा शर्मा झण्डै एक वर्षदेखि नख्खु कारागारमा छन् ।

जिल्ला अदालत काठमाडौंले शर्मा २०८० भदौ २० गते कारागार चलान गरेको थियो ।