३१ असार २०८३, बुधबार

एकैदिन १५ सयले बढ्यो सुनको मूल्य

13.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रूपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १५ सय रूपैयाँले बढेर १ लाख ४८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ६ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ७ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।