१८ कार्तिक २०८३, बुधबार

आज पश्चिम नेपालमा ठूलो पानी पर्ने पूवार्नुमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rain-pani1

काठमाडौं, १० असार । मौसम पूर्वानुमान महाशाखाले दिउँसोदेखि सूदूरपश्चिम हुँदै मध्यपश्चिमसम्म भीषण वर्षा हुने अनुमान गरेको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार, अरब सागरमा केही दिनअघि विकास भएको न्युन चापीय क्षेत्र सँगै केन्द्रिकृत बनेको पानी पार्ने बादल उत्तरपूर्वी भाग हुँदै भारतको गुजरातसहित अन्य विभिन्न स्थान प्रवेश गरेपछि त्यसको असर नेपालको पश्चिमी भागमा पर्ने संकेत देखिएको हो ।

महाशाखाले सूदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, दार्चुला, बैतडी, बझाङ, डोटी हुँदै सुर्खेत, बर्दिया र बाँकेसम्मै भारी वर्षा हुने सक्ने अनुमान गरेको छ ।