९ श्रावण २०८३, शनिबार

खेलकुदमन्त्री श्रेष्ठको सयदिन : खेल क्षेत्र चलायमान बनाएको दाबी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको सयदिन पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै मुलुकको खेल क्षेत्र चलायमान बनाएको दाबी गर्नुभएको छ ।

उहाँले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो सयदिनको कामलाई समीक्षात्मकरुपमा प्रस्तुत गर्नुभएको हो । खेलाडीहरुलाई खेलमैदानसँग जोडिरहन र खेलकुद प्रतियोगिताका कार्यक्रमलाई पारदर्शी तथा योजनाबद्ध बनाउन राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा वर्षभरिमा सञ्चालन गरिने खेलकुद प्रतियोगिताहरुको आर्थिक वर्ष २०८१/८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको उहाँले बताउनुभएको छ ।

कतारका अमिर नेपाल भ्रमणको अवसरमा नेपाल र कतार सरकारबीच भएको द्विपक्षीय समझदारीपत्रमा युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको उहाँले प्रगति विवरणमा उल्लेख गर्नुभएको छ ।

नेपाल स्काउटको जग्गा भाडामा लिने दिने बारे भएको सम्झौता र त्यस सम्बन्धमा सम्मानित उच्च अदालत पाटनको फैसला कार्यान्वयनको सम्बन्धमा छानबिन समिति गठन गरी प्राप्त प्रतिवेदनको आधारमा नेपाल स्काउटको जग्गाको संरक्षण तथा अनाधिकृत उपयोग गरेको संरचना नियमसंगत उपयोग गर्न कानुनी व्यवस्थाको कार्यान्वयन गर्न गराउन गृह मन्त्रालयको सहयोगमा सिलबन्दी गरिएको उहाँले जनाउनुभएको छ ।

विश्वविद्यालयमा खेल विज्ञान अध्ययनका लागि काठमाडौं विश्वविद्यालयसँग समझदारी भएको छ । साथै विद्यालय स्तरको पाठ्पकममा खेलकुद विषय समावेश गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा अनुरोध गरी पठाइएको उहाँले उल्लेख गर्नुभएको छ ।

सहभागितामूलक नीति निर्माणको अवधारणा अनुरुप राष्ट्रिय खेलकुद नीति, र राष्ट्रिय युवा नीतिको मस्यौदा उपर प्रदेशस्तरमा राय सुझाव संकलन गरिएको र दुवै नीतिलाई अन्तिम रुप दिने क्रममा रहेको जानकारी उहाँले दिनुभयो ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ बमोजिम गठित राष्ट्रिय एन्टीडोपिङ एजेन्सीलाई पूर्णता दिई क्रियाशील बनाइएको, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सम्भावना भएका खेलहरुलाई मध्यनजर गरी पूर्वाधार विकासका लागि मुलपानी क्रिकेट रंगाशालाको डीपीआर तयार गरिएको र कीर्तिपुर किकेट रंगशालामा स्कोर बोर्ड राख्ने सम्झौता भएको तथा फ्लडलाइट खरिद प्रक्रिया अगाडि बढाइएको र दशरथ रंगशालाको मर्मत कार्य सम्पन्न भएको उहाँले उल्लेख गर्नुभएको छ ।

यसवर्ष कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न कर्णाली प्रदेश सरकारको अग्रसरतामा सुर्खेतमा रंगशालासहितको खेलकुद पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको, टी-ट्वेन्टी विश्वकप क्रिकेटमा नेपालको सहभागिता र मिसन २०२६ अन्तर्गत १० खेलका खेलाडीहरुलाई विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको उहाँले जनाउनुभएको छ ।

देशभरका रंगशालाहरुको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको उहाँको भनाई छ ।

Skip This