
काठमाडौं, १ असार । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ । यस अवसरमा राजदूत सुवेदीले स्वीस–नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभयो ।
यस अवसरमा राष्ट्रपति पौडेललाई स्विट्जरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी एवं स्विट्जरल्याण्डस्थित नेपालीहरूले स्वागत गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसँग स्विट्जरल्याण्डका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ गराएको बताउँदै आईएलओको कार्यक्रममा उहाँको सम्बोधनले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठनको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो ।








प्रतिक्रिया