
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा शून्य समय, विशेष समयमा सांसदहरुले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबारको बैठकमा सभामुख घिमिरेले संसदमा शून्य समय, विषय समयमा सांसदहरुले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
संसदको बैठकमा सांसदहरुले उठाएको विषयमा सरकारले ध्यान नदिएको सांसदहरुले गुनासो गरेपछि सभामुखले सरकारलाई ध्यानाकर्षण गराउनुभएको हो ।
आजको बैठकमा विशेष समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमण संसदले थाहा नपाएको बताउँदै प्रधानमन्त्री संसदमा उपस्थित भएर जानकारी दिन माग गर्नुभएको थियो ।








प्रतिक्रिया