८ श्रावण २०८३, शुक्रबार

एमाले गुल्मीको अध्यक्षमा काउछा निर्वाचित

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी । नेकपा (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनुभएको छ । काउछा ३ सय ८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी हिरा एसीले २ सय २ मत ल्याउनुभयो ।

निर्वाचन कमिटीका अनुसार उपाध्यक्षमा जीवन खरेलले ३४८ मत ल्याएर निर्वाचित हुनुभयो भने उहाँका प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत ल्याउनुभएको थियो ।

यसैगरी, सचिवमा धर्म विश्वकर्मा ३ सय ७१ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी पदम अर्यालले १ सय ९० मत ल्याउनुभयो । उपसचिव खुल्लातर्फ चक्रबन्धु भुसाल ३ सय ४८ मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी ओम कार्कीले २ सय १६ मत प्राप्त गर्नुभएको थियो । उपसचिव महिलातर्फ भने लक्ष्मी पन्थ सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।

गत मंगलबारदेखि सुरु भएको १२औँ जिल्ला अधिवेशनमा सहमति नजुटेपछि बिहीबार मतदान भएको थियो ।

अधिवेशनमा सहभागी ६१३ जना प्रतिनिधिमध्ये ५९५ जनाले मतदान गरेका थिए ।

Skip This