५ श्रावण २०८३, मंगलबार

मकवानपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ३० जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ७ रमनटारमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी मध्यविन्दु नगरपालिका–१४ बस्ने ४७ वर्षीय दिलबहादुर टन्डन क्षेत्री रहनुभएको छ ।

मंगलबार साँझ मनहरीबाट चितवनतर्फ जादै गरेको ना.७ ख ८४४९ नम्बरको टिपरले हेटौंडाबाट चितवनतर्फ जादै गरेको बा.प्र.०२–०३० प १६३१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते हुनुभएका स्कुटर चालक दिलबहादुरलाई पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टिफर चालक नवलपरासी मध्यविन्दु नगरपालिका–१० अरुणखोला बस्ने ४० वर्षीय वीरबहादुर कुमाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।