२५ कार्तिक २०८३, बुधबार

जेलबाट छुटाइदिन्छु भन्दै ४५ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी ४५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने सर्लाही मलंगवा नगरपालिका–४ का ४५ वर्षीय मुन्ना सिंह भन्ने सुजित कुमार सिंहलाई पक्राउ गरेको हो ।

जुवा तथा सट्टेबाजी सम्बन्धी कसूरमा थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई दिन्छु भनी निजको आफन्तहरूबाट नगद र चेकमार्फत रकम ठगी गरेको खुल्न आएपश्चात काठमाडौं उपत्यका प्रहरी कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर धापाखेलबाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले अनुसन्धान गरिरहेको छ ।