काठमाडौँ, ५ असार । रुकुम जिल्लालाई केन्द्रबिन्दु बनाएर शनिबार साँझ नेपालमा भूकम्प गएको छ ।
साँझ ६ बजेर ८ मिनेटमा मध्यपश्चिमाञ्चलको रुकुमलाई केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
अहिलेसम्म कुनै क्षतिको खबर छैन् ।
यसअघि वैशाख १२ गते गएको भूकम्पको पराकम्पन गइरहे पनि यो नयाँ भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
पछिल्लो समय मध्य र सुदूरपश्चिमाञ्चललाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेको छ । एकमहिना अघिमात्रै डोल्पालाई केन्द्रबिन्दु बनाएर चार रेक्टरमाथिका दुईवटा भूकम्प गएका थिए ।














प्रतिक्रिया