१८ कार्तिक २०८३, बुधबार

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आजदेखि, पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रवासी नेपालीहरुको साझा संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी (ओएनएफ)को दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेबाट सुरु हुने अधिवेशनको उद्घाटन पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले गर्नेछिन् ।

दुई दिनसम्म सञ्चालन हुने अधिवेशनमा विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधिको सहभागिता रहनेछ ।

अधिवेशनले अन्तर्राष्ट्रिय कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ ।

अधिवेशनको समापन समारोहलाई नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको ओएनएफले जनाएको छ ।