१८ कार्तिक २०८३, बुधबार

हत्या अभियोगमा ४ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा । रुपन्देहीमा एक महिलाको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

कोटहीमाई गाउँपालिका–५ स्थित छोटकी मझगाँवाकी ४१ वर्षीया जुबेदा भन्ने जोबेदा खातुन धोबीको हत्यामा संलग्न रहेको अभियोगमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चन्द्रकिशोर शाहका अनुसार कात्तिक १२ गते बिहान अन्दाजी ११ बजे कोटहीमाई–६ र ७ को बीचमा रहेको धान खेतमा जुबेदालाई टाउकोमा कोदालोको बिडले प्रहार गरी घाँटीमा हसियाले घोपी हत्या गरी कानमा भएको सुनहरु लुटिएको थियो ।

घटनाको अनुसन्धानको लागि कोटहीमाई–६ खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, ३० वर्षीय प्रमोद कुमार कुर्मी, सोही वडाको बोगडीका २६ वर्षीय मन्जे हरिजन र मर्चवारीका ३५ वर्षीय धर्मराज यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई रुपन्देही जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट ज्यान, करणी र चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप भएको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक शाहले जानकारी दिए ।