काठमाडौँ, ४ असार । आफ्नै केटी साथीको फेसबुक चलाई अश्लील फोटो राखेर चरित्र हत्या गर्न खोज्ने एक जना प्रहरी फन्दामा परेका छन् ।
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने रामेछाप साँघुटार–१ बस्ने २७ बर्षीय जीवन भन्ने अरविन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठले आफ्नै महिला साथीको फेसबुकको प्रोफाईल ह्याक गरी विभिन्न अश्लिल तस्वीरहरु पीडितको आफन्त तथा साथीहरुलाई पोष्ट गरी धम्कीपूर्ण म्यासेज पठाई मानसिक यातना दिई त्रास देखाई व्यक्तिगत मान मर्यादामा आच आउने किसिमको कार्य गरेका थिए ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई विहिबार ललितपुर उपमहानगरपालिका–७ ग्वार्कोबाट पक्राउ गरी बिद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।















प्रतिक्रिया