काठमाडौं, ४ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शुक्रबार सार्वजनिक गरिएको नतिजा अनुसार विस २०७१ सालको एसएलसी परीक्षामा ४७ दशमलव ४३ प्रशित विद्यार्थी उत्तीर्ण भएका छन् ।
यो गत वर्षको तुलनामा चार प्रतिशत बढी हो । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले गत वर्षको भन्दा यस वर्ष नतिजामा केही सुधार आएको बताउनुभयो ।
उहाँका अनुसार गत वर्ष ४३.९२ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । गत वर्षको एसएलसी परीक्षामा नियमिततर्फ ३ लाख ९४ हजार ९ सय ३३ ले परीक्षा दिएकामा १ लाख ७३ हजार ४ सय ३६ उत्तीर्ण भएका थिए ।
यस वर्षको परीक्षामा नियमिततर्फ ५ लाख ७४ हजार ६ सय ८५, पुनःपरीक्षातर्फ १ लाख ४५ हजार १ सय ८३ र प्राविधिकतर्फ ३ हजार ३ सय ८८ विद्यार्थी सहभागी थिए ।
एसएलसीको नतिजा हेर्न नेपाल टेलिकमको १६०० डायल गरी सम्बन्धीत परीक्षार्थीले आफ्नो सिम्बल नम्बर थिच्नुपर्ने छ । जसबाट नतिजाको परिणाम तत्कालै थाहा पाईनेछ ।
यस्तै, नेपाल टेलिकम र एनसेल मोबाइलमा SLC <space> सिम्बल नम्बर टाइफ गरी ५२२५ मा एसएमएस पठाएर परीक्षार्थीले एसएलसीको नतिजा तुरुन्तै थाहा पाउनेछन् ।
टेलिकम र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट पनि एसएलसी रिजल्ट हेर्न सकिने छ । शिक्षा मन्त्रालयको वेबसाइट www.moe.gov.np, शिक्षा विभागको वेबसाइट www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.soce.gov.np, नेपाल टेलिकमको वेबसाइट www.slc.ntc.net.np मा पनि परीक्षाको नतिजा हेर्न सकिने छ ।












प्रतिक्रिया