सप्तरी, ४ असार । सप्तरीको कञ्चनरुप नगरपालिकामा आँप टिप्न चढेका एक व्यक्तिको रुखबाट खसेर आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ निवासी लखन यादव रहेको प्रहरीले जनाएको छ । ३५ वर्षीय यादव आफ्नो घर पछाडि रहेको आँपको रुखमा आँप टिप्ने क्रममा गएराति लडेका थिए ।
गम्भीर घाइते भएका यादवको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरे पनि उपचारकै क्रममा आज मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । रासस















प्रतिक्रिया