६ कार्तिक २०८३, शुक्रबार

आइजिपी अर्यालबाट प्रहरीलाई स्कुटर हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबाट स्कुटर हस्तान्तरण

काठमाडौँ, ३ असार । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा कर्तव्यपालनाको सिलसिलामा घाइते एवम् अशक्त भएका १८ जना बहालवाला तथा पूर्व प्रहरी कर्मचारीहरुलाई चारपाङग्रे स्कुटर हस्तान्तरण गर्नुभयो ।

महानिरीक्षक अर्यालले स्कुटर प्राप्त गर्ने प्रहरी नायब निरीक्षक एक, प्रहरी सहायक निरीक्षक पाँच, प्रहरी हवल्दार चार, प्रहरी जवान पाँच, पूर्व प्रहरी नायब निरीक्षक दुई र पूर्व प्रहरी हवल्दार एक गरी जम्मा १८ जनालाई स्कुटरको साँचोे हस्तान्तरण गर्नुभएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबाट स्कुटर हस्तान्तरण (3)
स्थापनाकालदेखि मुलुकको हरेक विपत्ति र चुनौतीमा सङ्गठनका सदस्यबाट प्रदर्शित निर्भिक व्यावसायिकता अतुलनीय र प्रशंसनीय रहेको चर्चा गर्दै महानिरीक्षक अर्यालले सङ्गठनको लक्ष्य प्राप्तिमा जिम्मेवारी निर्वाह गर्दा विभिन्न दुखद् दुर्घटनामा परी घाइते तथा असक्त प्रहरी कर्मचारीहरुको सेवा र सुविधाका लागि सङ्गठनले उपलब्ध साधनस्रोतको प्रयोग गर्न कुनै कमी नदेखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।