धनुषा , ३ असार । धनुषमा एक युवक सडकमै मृत अवस्थामा फेला परेका छन् ।
पौडेश्वर–८ झिटकैया टोल बस्ने २५ बर्षीय अनिल मण्डल बुधबार राति सोनिगामा–४ स्थित जनकपुर यदुकुवा भित्री सडक खण्डमा मृत अवस्थामा फेला परेका छन् ।
उनको शरीरमा हतियार प्रयोग गरिएको दाग देखिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया