६ कार्तिक २०८३, शुक्रबार

झापामा चट्याङ लागेर एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chatyangaबनियानी (झापा), ३ असार । झापाको पृथ्वीनगरमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा पृथ्वीनगर–१ बस्ने ६३ वर्षीय जयप्रसाद गौतम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घर छेउ आफ्नै खेतमा काम गरिरहेको अवस्थामा गौतमलाई चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जानकारी प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले दिनुभयो । रासस