३० असार २०८३, मंगलबार

युद्धग्रस्त देशहरुलाई सहायता गर्ने प्रस्ताव अमेरिकी संसद्बाट पारित

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । युद्धग्रस्त देशहरूलाई सहायता प्रदान गर्नेसम्बन्धी प्रस्ताव अमेरिकी संसद्बाट पारित भएको छ ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले युक्रेन, इजरायल र अन्य युद्धग्रस्त देशहरूका लागि सहायता प्याकेजसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हो ।

संसद्ले युक्रेनलाई ६१ विलियन डलरको सहायता प्याकेज अनुमोदन गरेको छ ।

त्यस्तै, संसद्ले इजरायल र अन्य देशहरूका लागि समेत सहायता प्याकेज पारित गरेको समाचार संस्थाहरूले जनाएका छन् ।

राष्ट्रपति जो वाइडेनले सार्वजनिक अपिल गरेको दुई दिनपछि अमेरिकी संसद्को तल्लो सदनले मानवीय सहायता प्याकेज पारित गरेको हो ।

सदनले युद्धग्रस्त गाजा र इजरायलका मानिसहरूलाई सहयोग गर्न २६ अर्ब डलरको प्याकेज स्वीकृत गरेको छ ।