३१ आश्विन २०८३, शनिबार

राष्ट्रपति पौडेलसँग वीपीन जोशीका परिवारको भेट

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष इजरायलमा वेपत्ता भएका कञ्चनपुर भीमदत्त नगरपालिकाका वीपीन जोशीको परिवारले छिटो र सकुशल उद्धारका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार जोशीका आमाबाबुसहितको टोलीले राष्ट्रपति पौडेललाई भेटेर वीपीनको सकुशल उद्धार गरिदिन आग्रह गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले यसबारेमा आफू चिन्तित रहेको र उद्धारका लागि आफ्नोतर्फबाट सकारात्मक पहल हुने विश्वास दिलाउनुभयो ।

२०८० असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी दश नेपालीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहिन हुनुभएको थियो ।