काठमाडौं, ३ असार । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणपछि पनि काँग्रेस कै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उपसभापति पौडेलले ठूलो पार्टी भएकाले संविधान जारीपछि पनि काँग्रेस कै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने दाबी गरेका हुन् । उहाँले भन्नुभयो–‘ठूलो दल कांग्रेस भएकाले अन्य दललाई नेतृत्व हस्तान्तरण हुँदैन्, कांग्रेस सरकारकै हातमा हुन्छ ।’
दलहरुबीच संविधानका विवादित विषयमा सहमति भइसकेकाले अब मुलुकले छिट्टै नयाँ संविधान पाउने र संविधान निर्माणपछि सम्पूर्ण शक्ति विकास निर्माणमा लगाइने उपसभापति पौडेलको भनाई छ ।












प्रतिक्रिया