३१ आश्विन २०८३, शनिबार

स्वीडेनमा लिंग परिवर्तन गर्ने सम्बन्धी नयाँ कानुन पास

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । स्वीडेनको संसदले बुधबार नयाँ कानुन अनुमोदन गरेको छ ।

नयाँ कानुन अनुमोदन भएसँगै अव स्वीडेनमा लिंग परिवर्तन गर्ने उमेर पनि घटाइएको छ । यसअघि १८ वर्षको उमेरपछि मात्रै लिंग परिवर्तन गर्न पाइने व्यवस्था रहेकोमा नयाँ कानुन परिवर्तनका लागि प्रक्रिया सुरु गर्न १६ वर्ष पुग्नु पर्ने छ ।

तर, १८ वर्ष मुनिका युवाले लिंग परिवर्तन प्रक्रिया सुरु गर्नुअघि परिवारका सदस्य, चिकित्सक र राष्ट्रिय स्वास्थ्य तथा कल्याण बोर्डको स्वीकृति लिनुपर्नेछ ।

बुधबार स्वीडेनको संसदमा यस कानूनमाथि मतदान नै भएको थियो । जसमा २ सय ३४ सांसदले कानूनको पक्षमा मतदान गरेका छन् । जसमा ९४ सांसदले विपक्षमा मतदान गर्दा २१ सांसद भने मतदान प्रक्रियामै सामेल भएनन् ।

स्वीडेनी सरकारका उदारवादी नेताहरू र दलहरूले यो कानूनलाई समर्थन गरिरहेका छन् भने केही क्रिश्चियन डेमोक्र्याटहरूले यसको विरोध गरिरहेका छन् ।

स्वीडेनको दक्षिणपन्थी पार्टी मानिने स्वीडेन डेमोक्र्याटले पनि कानूनको विरोध गरेको छ । यो पार्टी सरकारलाई समर्थन गर्छ तर सरकारको पक्षमा छैन ।