३१ आश्विन २०८३, शनिबार

सांसदहरूलाई बिना जानकारी देश बाहिर नजान अध्यक्ष ओलीको निर्देशन

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूलाई बिना जानकारी देश बाहिर नजान निर्देशन दिनुभएको छ ।

आज एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सांसदहरू कहीँ कतै जानु परेमा दलको नेता, उपनेता, प्रमुख सचेतकलाई जानकारी दिएर मात्र जान निर्देशन दिनुभएको हो।

अध्यक्ष ओलीले कतिपय सांसदहरू बाहिर जाँदा दलका नेता र प्रमुख सचेतकलाई थाहा नै हुन छाडेको भन्दै त्यस्तो बेला कोही फसेमा पार्टी जिम्मेवार नहुने उहाँले स्पष्ट पार्नुभयो ।

प्रदेशमा मात्र होइन यही पनि त्यस्तो देखिएको छ। पछि कुनै प्रकारले फस्नुभयो भने पार्टीलाई नभने पनि हुन्छ’, ओलीले भन्नुभयो, ‘आफैँले गल्ती गरेपछि आफै सावधान रहनु।’