६ कार्तिक २०८३, शुक्रबार

अस्ताए नेपाली कम्युनिष्टका एउटा खम्बा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chaudhary-uml (1)

– नरेश केसी
भैरहवा, २ असार । नेपाली कम्युनिष्ट राजनीतिका खम्बा मानिने बाबुराम चौधरीको अकस्मात निधन भएको छ ।

हृदयाघातको कारण मंगलबार दिउँसो युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा आकस्मिक निधन भएका नेता चौधरीको पारिवारिक संस्कार अनुसार मंगलबार नै अन्तयष्टी गरिएको एमाले रुपन्देही कार्यालय सचिव हितराज पन्थिले जनाएका छन् ।

सोमबार एक्कासी विरामी भई अस्पताल भर्ना भएका नेता चौधरीको मंगलबार दिउँसो करिब १२ बजे अस्पतालमै मृत्यु भएको थियो । चौधरीलाई अन्तिम श्रदान्जली व्यक्त गर्न एमाले उपमहासचिव घनश्याम भुसाल काठमाडौंबाट नै आएका थिए भने अन्य एमाले नेताहरु लिला गिरी, खिमलाल भट्टाराई, एकराज विक, गोपाल भट्टाराई, विष्णु पन्थि, भोजप्रसाद श्रेष्ठ, शिव सुवेदी, तुलसी चौधरी, राजेन्द्र पन्थी, बल बहादुर आचार्य, हरि अधिकारी, बाबुलाल यादव, भरत पोखरल, हितराज पन्थि, पुरुषोत्तम घिमिरे, राजु गुरुंग, सरिता श्रीस, पुर्व गृहमन्त्री माधव घिमिरे, मधेसी जनअधिकार फोरमका लोकतान्त्रिकका देवी चौधरी, लगायतका हजारौं नेता कार्यकर्ता उनकै निवास नजिकैको समाधिस्थल पुगेका थिए ।

chaudhary-uml (2)

रसतारे चौधरी र आमा लक्ष्मी चौधरीका एक मात्र छोरा चौधरीको २०११ सालमा साविक मधवलिया र हाल तिलोत्तमा नगरपालिका वडा नम्बर २१ मा जन्म भएको थियो । स्वर्गिय चौधरीका ३ छोरा र २ छोरी, २ श्रीमती छन् । जेठा छोरा विन्दु शिक्षक छन्, माहिलो केशब बैंक म्यानेजर छन भने कान्छो छोरा कृष्ण कोरियामा छन् । छोरीहरु टिका र अंकिताको विहे भईसकेको छ । नाती ७ र नातीनि ३ जना रहेका छन् ।

विक्रम सम्बत २०२६ सालदेखी कम्युनिष्ट राजनीति सुरु गरेका चौधरी रुपन्देही मधवलियाका स्थायी बासिन्दा हुन् । ०६१ वर्षको उमेरमा स्वर्गवास भएका चौधरी पन्चायत विरुद्धको आन्दोलनदेखी बहुदल र लोकतान्त्रीक आन्दोलमा पनि निडरतासाथ अग्रपंक्तिमा होमिने एक कुशल संगठक मानिन्थे ।

chaudhary-uml (3)

एमाले रुपन्देही उपसचिव राजेन्द्र पन्थिले दिएको जानकारी अनुसार शिक्षक संगठनमा काम गर्दागर्दै पार्टिको मोर्चामा आएका चौधरीको घरपरिवार पन्चायत कालमा कम्युनिष्टहरुको सेल्टर प्वाइन्ट थियो । ०३७ सालमा एमालेका नेता मोदनाथ प्रश्रित र हालका उपमहासचिव विष्णु पौडेलले जेल ब्रेक गरि चौधरीकै घरमा सेल्टर लिई बसेका थिए ।

स्वर्गिय चौधरीले राजनीतिक गुरुका रुपमा मोदनाथ प्रश्रित र जीवराज आश्रीतलाई मान्ने गर्दथे भने समकालिन नेताहरुमा एमाले उपमहासचिव घनश्याम भुसाल र उपाध्यक्ष तथा हालका गृहमन्त्री बामदेव गौतमसंग अति निकटस्थ थिए ।

०४८ सालको स्थानिय निर्वाचनमा मधवलिया गाविसको अध्यक्षमा निर्वाचित चौधरी, लामोसमय सम्म पार्टिको जिल्ला कमिटी सदस्य, उपसचिव, उपाध्यक्ष हुदैं केन्द्रिय सल्लाहकार परिषद सदस्य समेत रहेर महत्वपुर्ण भूमीका निर्वाह गरेका छन् । ०५६ सालको संसदीय निर्वाचनमा रुपन्देही १ बाट उम्मेदवार र ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि एमालेका तर्फबाट सभासदको उम्मेदवार रहेका चौधरी झिनो मतान्तरले पराजित प्रतिसपर्धिसंग पराजित भएका थिए ।

दोस्रो संविधान निर्वाचनमा एमालेबाट समानुपातिकमा सिफारिश भएका चौधरी जनजाति भएता पनि जातीय आन्दोलनले मुलुकमा विखन्डन ल्याउने हुदां राष्ट्रिय मुलधारको राजनीति गर्नुपर्नेमा जोड दिदथें । वर्गिय लडाईले मात्रै समाज परिवर्तन हुने विश्वास राख्ने चौधरी अत्यन्तै सादा जीवन र उच्च विचारका धनी रहेका थिए ।

अत्यन्तै मिलनसार, भद्र र नरम स्वाभावका चौधरीको मृत्युको खबरले अहिले रुपन्देही मात्रै शोकाकुल छ । चौधरी थारु कल्याणकारी सभाका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष र लोकतान्त्रिक थारु संघको केन्द्रिय उपाध्यक्ष थिए ।

नेता चौधरीको सम्मानमा बुधबारदेखी ३ दिन सम्म एमाले रुपन्देहीले कुनै औपचारिक कार्यक्रमको आयोजना नगर्ने र पार्टिको झण्डा झुकाउने एमाले जिल्ला सचिव तुलसी प्रसाद चौधरीले जनाए । समग्रतामा इमान्दार कर्मठ नेता गुमाउनु पर्दा पार्टीलाई अपुर्णनिय क्षति पुगेको सचिव चौधरीले जनाए ।

पार्टीमा १० वर्ष संगै काम गरेका एमाले केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीले चौधरीको निधले रुपन्देहीको कम्युनिष्ट आन्दोलनाई अत्यन्तै क्षति पुगेको बताए । सज्जन, इमान्दार, छलकपट नभएको, धैर्यवान, सिनियर लिडरलाई सधैं साथ र सकारात्मक सुझाव दिने नेतामा हुनुपर्ने सबै गुण भएका नेता चौधरीको असहमायिक निधले सिंगो एमाले मात्रै नभएर राष्ट्रलाई नै क्षति पुगेको नेता गिरीको भनाई छ ।

विक्रम सम्बत ०६१ साल असोज १३ देखी ५ वर्ष सम्म गिरी एमाले रुपन्देहीको सचिव छदां चौधरी उपसचिव थिए भने ०६६ साल असोज देखी ५ वर्ष सम्म गिरी अध्यक्ष रहदा चौधरी उपाध्यक्ष भएर एमालेको राजनीति हाकिंरहेका थिए ।