काठमाडौं, २ असार । एक महिलालाई उनकै सासु र नन्दले तड्पाएर हत्या गरेका छन् ।
पर्सा जिल्लाको बीरगञ्ज उपमहानगरपालिका–२८ परवानीपुर २० वर्षीया पुजा देबीको सासु र नन्द मिलेर हत्या गरिदिएको प्रहरीले जनाएको छ ।
सुरुमा निर्ममपूर्वक ससुरा र पतिबाट कडा यातना पाएकी पूजादेबीलाई मंगलबार राति सासु र नन्दले मिलेर उनकै सलको पासो लगाएर झुण्ड्याएको प्रहरीले जनाएको छ ।
पूजादेबीको हत्यापछि पति दिपेन्द्र साह कानु र ससुरा फरार रहेका छन् । मृतककी सासु र नन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार पति र ससुराको प्रहरीले खोजी गरिरहेको छ ।
प्रारम्भिक अनुसन्धानमा पति र ससुराले पूजादेबीलाई दिनदिनै बलात्कार गर्दै आएको समेत खुलासा भएको छ । यद्यपी हत्याको कारण खुल्न सकेको छैन् ।















प्रतिक्रिया