१४ कार्तिक २०८३, शनिबार

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । सरकारले संसद्को हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको हो ।

बैशाख २ गते राति १२ बजेबाट हिउँदे अधिवेशनअन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको हो । गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि कांग्रेसले रविको राजीनामा मागिरहेका बेला संसद अधिवेशन गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

गृहमन्त्रीलाई राजीनामा गराउँदा त्यसको असर सबैभन्दा बढी एमालेलाई पर्ने देखिएपछि संसद नै अन्त्य गर्ने निर्णयमा पुगेको अनुमान गरिएको छ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेका बारेमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै आएको छ । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

छलफलमा सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री र अन्य विविध विषयमा छलफल भएको थियो ।