
काठमाडौं, ३० चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले सुदूरपश्चिम प्रदेश सांसद घनश्याम चौधरीलाई निलम्बन गर्नुभएको छ ।
उहाँले आज सभामुख भीमबहादुर मण्डारीलाई पत्र पठाउँदै तीन महिनाका लागि निलम्बन गरिएको जानकारी दिनुभएको हो ।
घनश्याम पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नदिएकाले निलम्बन गरिएको अध्यक्ष चौधरीले बताउनुभएको छ ।
घनश्याम रञ्जिताका श्रीमान रेशम चौधरी पक्षधर हुनुहुन्छ। पछिल्लो समय पार्टीभित्र श्रीमान–श्रीमतीबीचको विवाद चरम उत्कर्षमा छ । रञ्जिताले श्रीमान पक्षधरका नेताहरूलाई धमाधम कारबाही गरिरहनुभएको छ ।
यसअघि उहाँले सांसद इन्दिरा गिरीलाई पनि कारबाही गर्दै पदमुक्त गराउनुभएको थियो ।












प्रतिक्रिया