कञ्चनपुर, २ असार । झलारी पिपलाडी नगरपालिका–९ की १० वर्षीया सुनिता डगौराको रुखबाट खसेर आज मृत्यु भएको छ ।
रुखबाट खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मङ्गल प्राथमिक विद्यालय सिसैयामा कक्षा ५ मा अध्ययनरत डगौराको कुसुम टिप्ने क्रममा रुखबाट खसेर मृत्यु भएको विद्यालयका शिक्षक तेजबहादुर सुनारले बताउनुभयो ।
विद्यालयमा बिदा भएपछि घर पुगेकी बालिका खाना खाएपछि साथीसँग नजिकैको जङ्गलमा कुसुम (जङ्गली फल) टिप्न गएकी थिइन् । कुसुमको रुखबाट फल टिप्ने क्रममा उनी खसेकी हुन् । रासस















प्रतिक्रिया