इलाम, २ असार । बलात्कार आरोपमा पक्राउ परेका इलाम बरबोटेका एक युवकलाई जिल्ला अदालतले आज छ वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बरबोटे–४ का १९ वर्षीय सञ्जीव दियालीलाई जबर्जस्ती करणी महलको ३ (३) बमोजिम छ वर्ष कैद र पीडित बालिकालाई रु २० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले बताउनुभयो ।
दियालीले गत वैशाख २६ गते सुम्वेककी १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेका थिए । दियालीलाई प्रहरीले तत्काल पक्राउ गरी जबर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरेको थियो । रासस















प्रतिक्रिया