लहान, २ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको बडहरामालमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको बा ४९ प ६३६७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख १६०९ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक धनुषाको धमौली–६ निवासी ३१ वर्षीय दीपेन्द्रकुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस















प्रतिक्रिया