तेह्रथुम, २ असार । तेह्रथुममा माईत गएकी एक महिलाको रहस्मय मृत्यु भएको छ ।
ईवा-२ स्थित माईतीघरमा बस्दै आएकी ५६ बर्षीया सरस्वती थपलिया (खतिवडा) मंगलबार माइती घरकै गोठमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई गोठमा लगेर बलात्कार गरी हत्या गरिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । उनी गोठमा अर्धनग्न अवस्थामा फेला परेकी थिईन् । छोरी गोठमा अर्धनग्न अवस्थामा फेला परेपछि माईती शोकमा डुबेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया