१३ कार्तिक २०८३, शुक्रबार

विश्वप्रकाशको माग- २०४७ यता सार्बजनिक पद धारण गर्नेको सम्पत्ति छानबिन गरौँ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सार्बजनिक अपिल गर्दै रास्वपाको माग अनुसार २०४७ यता सार्बजनिक पद धारण गर्ने सबैकोसम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल मार्फत महामन्त्री शर्माले रास्वपाले अघि सारे अनुसार २०४७ यता सार्बजनिक पद धारण गर्ने सबैको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन तथा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न समेत आग्रह गर्नुभएको हो ।

‘सम्माननिय  @PM_nepal_ लाई सार्वजनिक अपील ! १० विगतदेखि हामी सबैले माग गर्दैआएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर ञउच्चस्तरीय छानबिन समितिझको माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ । गठन गरौं । २० सहकारी ठगिबारे ञसंसदीय छानबिन समितिझ गठन गरौं !,’ उहाँले भन्नुभएको छ ।