
काठमाडौं, २७ चैत । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले देशको अर्थतन्त्र रेमिट्यान्स, राजस्व र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्न नहुनेमा जोड दिनुभएको छ । उहाँले आर्थिक विकासगर्नुपर्ने नै सरकारको केन्द्रीय कार्यभार रहनुपर्ने बताउनुभयो ।
मंगलबार काठमाडौंमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३औँ वार्षिक साधरणसभालाई सम्बोधन गरेका उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले ‘रेमिट्यान्स, भन्सार राजस्व र विवदेशी सहयोगको आधारमा देशको अर्थतन्त्र चलाउँछु भन्ने सरकारको सोच गलत भएको स्पष्ट पार्नुभयो ।
राजनीतिक व्यवस्थामा परिवर्तन हुनुले मात्र आर्थिक सामाजिक रुपान्तरणको माध्यम र साधन हो भन्ने कुरा पुष्टि गर्न नसक्ने उल्लेख गरेका उहाँले रेमिट्यान्स, भन्सार राजश्व र विदेशी सहयोगका आधारमा देशको अर्थतन्त्र चलाउने सोच बन्द गर्नुपर्ने धारणा राख्नुभयो ।
‘रेमिट्यान्स,भन्सार राजस्व र विवदेशी सहयोगका आधारमातीनओटा कुरालाई केन्द्रविन्दुमा राखेर देश चलाउँछु भन्ने सोच गलत हुन्छ । यस्तो सोचले देशको कहिल्यै विकास हुन सक्दैन,’ उहाँले भन्नुभयो ।
उहाँले देशको अर्थतन्त्र रेमिट्यान्स, भन्सार राजस्व र विदेशी सहयोगका आधारमा चलाउने सोचले मात्रै सरकार चल्यो भने देशमा आर्थिक समृद्धि हुन नसक्ने उल्लेख गर्नुभयो ।
त्यसका लागि पूँजीको सिर्जना, पूँजीगत खर्च कार्यान्वयनको क्षमता विकासको समस्या र व्यापार घाटा कम गर्नुपर्ने औंल्याउनुभयो । श्रेष्ठले पुँजी वृद्धि, पुँजीगत खर्च कार्यान्वयन क्षमतामा वृद्धि र निर्यात प्रवद्र्धनसहित व्यापार घाटा कम गर्नुपर्ने अहिलेको आवश्यकता भएका उल्लेख गर्नुभयो ।
यस्तै, आर्थिक विकासलाई सरकारले गति दिन नसकेको स्वीकारेका श्रेष्ठले सरकारको आजको प्रमुख कार्यभार नै आर्थिक विकास गर्नुपर्नेमा केन्द्रीत हुनुपर्ने धारणा राख्नुभयो ।












प्रतिक्रिया