१३ कार्तिक २०८३, शुक्रबार

काँग्रेसको अवरोधपछि भोलिसम्मका लागि संसद बैठक स्थगित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । नेपाली काँग्रेसको अवरोधपछि संसद बैठक स्थगित भएको छ ।

भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद सचिवालयले जानकारी दिएको छ । गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने काँग्रेसको माग छ ।

माग सम्बोधन नभएसम्म संसद चल्न नदिने काँग्रेसको अडान छ । आजको बैठकको सुरूमै काँग्रेसले उठेर विरोध जनाएको थियो । अवरोधपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो ।

दोस्रो बैठकमा पनि काँग्रेसले अवरोध कायमै राखेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।