दमौली, २ असार । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले विनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचना पुनःनिर्माणका लागि पाँच वटा योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपाल तनहुँद्वारा आज बिहान दमौलीमा आयोजित साक्षात्कारमा उहाँले भूकम्पबाट मुलुकभित्र लाखौँ घर ध्वस्त भएकाले आफूले राज्यलाई पाँच वटा योजना बनाएर अगाडि बढ्न सुझाव दिएको बताउनुभयो ।
विद्यालय, पुरातत्व, सार्क गाउँ, सरकारी कार्यालय र गाउँका बस्तीसम्बन्धी छुट्टाछुट्टै योजना बनाएर काम गर्नसके मात्रै मुलुकभित्र गरिने पुनःनिर्माणको काम प्रभावकारी हुने भनाइ उहाँको छ ।
सात स अर्थात् अबको निर्माण घर सुरक्षित, स्वस्थकर, सुविधायुक्त, सानो, सस्तो, स्थायी र सहज किसिमको हुनुपर्नेमा उहाँको जोड छ ।
उपसभापति पौडेलले संविधान निर्माण प्रक्रिया अघि बढिसकेकाले छिट्टै देशले नयाँ संविधान पाउने बताउनुभयो । रासस












प्रतिक्रिया