६ कार्तिक २०८३, शुक्रबार

ट्रकको ठक्करबाट प्रहरी जवानको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeविराटनगर, २ असार । मोरङमा मालबाहक ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ ।

सीमा प्रहरी चौकी भन्टाबारीमा कार्यरत प्रहरी जवान पदमबहादुर कामीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मङ्गलबार साँझ मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

उर्लाबारी सडकखण्डमा को१ख १५५४ नम्बरको ट्रकले उहाँ चढेको बा३३प ९८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा छ । रासस