काठमाडौं, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार दिउँसो थाइल्याण्ड जाँदैछन् ।
नियमित स्वास्थ्य परीक्षण उपचारका लागि अध्यक्ष ओली आज दिउँसो १२ बजे थाइल्याण्ड जान लागेका हुन् । केही समयअघि थाइल्याण्डमा उपचार गरेका ओली नियमित उपचार लागि विभिन्न विदेशी राष्ट्र पुग्ने गरेका छन् । ओली नियमित स्वास्थ्य परीक्षणको लागि ‘थाइ एयरवेज’को नियमित उडानबाट बैंकक प्रस्थान कार्यक्रम छ ।
यसैबीच नेकपा एमालेले अध्यक्ष ओली थाइल्याण्ड जानुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । एमाले प्रचार विभाग सूर्य थापाका अनुसार आज दिउँसो १२ नै विमानस्थलमा अध्यक्ष ओलीको पत्रकार सम्मेलन आयोजना गरिएको हो ।












प्रतिक्रिया