काठमाडौँ, २ असार । नेपालमा बुधबार बिहानमात्रै चारपटक भूकम्पको धक्का महसुस गरिएको छ ।
अहिले बिहान ८ बजे फेरि सिन्धुपाल्चोक र तिब्बतको सिमानालाई केन्द्रबिन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि आज बिहान थप तीन वटा भूकम्पको धक्का महसुस गरिएको थियो । बिहान ५ बजेर ५८ मिनेटमा काठमाडौँको कीर्तिपुर नजिकै केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर गएको थियो । त्यसको १६ मिनेट नबित्दै ६ बजेर १४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु भएको ५.२ रेक्टरको भूकम्प गयो । त्यसको केहीबेरमै फेरि ६ बजेर २६ मिनेटमा सिन्धुपाल्चोकमै केन्द्रबिन्दु बनाएर ४ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।













प्रतिक्रिया