६ कार्तिक २०८३, शुक्रबार

काठमाडौंको चाउचाउ कारखानामा आगलागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aagoकाठमाडौं, २ असार । काठमाडौंको एक चाउचाउ कारखानामा आगो लागेको छ ।

चन्द्रागिरी नगरपालिका–९ बालागाउँ बस्ने ध्रुव ज्योती श्रेष्ठको घरेलु चाउचाउ कारखानामा ग्याँस चुहिएर मंगलबार आगलागी हुँदा काराखानामा रहेको ग्याँस चुलो र ५ सय कार्टुन कच्चा चाउचाउ जलेर नष्ट भएको करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यसैगरी पर्बत क्याङ गाविस–७ बस्ने डिमबहादुर पुनको गोठमा खाना पकाउने क्रममा सोमबार आगलागी हुँदा गोठ, २ गोरु र ९ बाख्रा जलेर करीव २ लाख ५० हजार रुपैयाँ बरावरको धनमाल क्षति भएको छ ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।