
काठमाडौं, २२ चैत । वाइड बडी जहाज खरिद गर्दा डेढ अर्ब रुपैयाँ सरकारलाई हानी नोक्सानी पुर्याएको आरोपमा नेपाल वायु सेवा निगमका बहालावाला र पूर्व गरी १७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयपछि अनुसन्धान सक्काएर बिहीबार विशेष अदालतमा छुट्टाछुट्टै मागदावी लिएर मुद्दा दर्ता गरेको हो ।
आयोगका अनुसार भ्रष्टाचार प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव शिशिरकुमार ढुङ्गाना, मन्त्रालयकै बहालावाल सहसचिव एवम् नागरिक उड्डयन महाशाखा प्रमुख बुद्धि सागर लामिछाने लगायत १७ जना राष्ट्र सेवक कर्मचारीको संलग्नता देखिन्छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–
१. मुद्वा दायर : वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार भएको प्रकरणमा नेपाल वायुसेवा निगमका बहालवाला सातजना अधिकारीसहित २३ जनाविरूद्व मुद्वा दायर ।
२. डेढ अर्ब झ्वाम : वाइडबडी भ्रष्टाचार प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरिएका तत्कालीन पर्यटनमन्त्री रहेका काँग्रेस नेता जीवन बहादुर शाहीले बैंक जमानत/सुरक्षण बिनानै डेढ अर्ब भुक्तानी दिएको दावी ।
३. दैनिक ब्रिफिङ गर्नुपर्ने : अबदेखि सङ्घीय मन्त्रीह्ररुले प्रत्येक दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो कामबारे ब्रिफिङ गर्नुपर्ने ।
४. छिट्टै अन्तर्राष्ट्रिय उडान हुने : पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडान गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ ।
५. निर्यातमुलक उद्योग आवश्यक : आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न उत्पादन बृद्धि र निर्यातमुलक उद्योग आवश्यक रहेकोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जोड ।
६. प्रचण्डले राजीनामा दिनुपर्छ : कांग्रेसका कार्यकर्ताको मतको मद्दतमा चुनाव जितेर धोका दिनु राजनीतिक रुपले अनैतिक ठहर्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुपर्ने बाबुराम भट्टराईको भनाइ ।
७. रविविरूद्व प्रमाण भेटिएन : गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोप प्रमाणित हुने तथ्य नभेटिएकाले छानबिन समिति गठन नभएको सरकारको स्पष्टोक्ति ।
८. मुद्वा हेर्दाहेर्दैमा : हत्या आरोपमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खामको मुद्दा हेर्दाहेर्दैमा ।
९. रवि र बालेन सहकार्य गर्ने : गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच आपसी सहकार्य र समन्वय बढाउने विषयमा छलफल ।
१०. गिरी बने अध्यक्ष : नेकपा एमाले झापा जिल्लाको अध्यक्षमा प्रेम गिरी चयन ।
११. शाहले दिए राजीनामा : विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा ।
१२. रेमिट्यान्सले धानेको देश : आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिट्यान्स ।
१३. न्यायाधिस नियुक्ति सिफारिस : न्याय परिषद्द्वारा जिल्ला अदालतमा १० जना न्यायाधीश नियुक्तिको सिफारिस ।
१४. भिडन्तमा मृत्यु : इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको भिडन्तमा २८ जनाको मृत्यु ।
१५. आरसी ३२ को विजयी सुरूवात : देखि सुरु भएको सहिद स्मारक सि डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीद्वारा विजयी सुरुवात, खालिबारी युथ क्लब १–० ले पराजित ।








प्रतिक्रिया