१३ कार्तिक २०८३, शुक्रबार

नेकपा एमाले झापाको अध्यक्षमा प्रेम गिरी चयन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । नेकपा (एमाले) झापाको एघारौं अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले १५० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ । जसअन्तर्गत जिल्ला कमिटी अध्यक्षमा प्रेम गिरी निर्वाचित हुनुभएको छ ।

यस्तै, उपाध्यक्षमा शिव ढुङेल, सचिवमा तुलसी कार्की चयन हुनुभयो भने उपसचिवमा असारु राजवंशी र अनिता कन्दङवा चयन हुनु भएको छ ।

नेपालको कम्युनिष्ट आन्दोलनको एउटा गौरवपूर्ण इतिहास भएको साथै पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा चुस्त, सुसंगठित र ब्यवस्थित कमिटी निर्माण गर्न सफल भएको पार्टी पोलिट्ब्यूरो सदस्य विशाल भट्टराईले बताउनुभयो ।