काठमाडौँ, २ असार । काठमाडौँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको १५ मिनेट बित्न नपाउँदै नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
बुधबार बिहान ६ बजेर १४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५.२ रेक्टरको भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहान ५ बजेर ५८ मिनेटमा काठमाडौँलाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टरको भूकम्प गएको थियो ।
२४ घण्टाको अबधिमा नेपालमा तीन पटक भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ९ बजेर ५६ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।














प्रतिक्रिया