
काठमाडौं, २० चैत । नेकपा (एमाले) केन्द्रीय प्रचार विभागले पार्टीको सञ्चार नीतिको बारेमा छलफल कार्यक्रम गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय प्रचार विभाग प्रमुख एवम् पार्टी स्थायी कमिटी सदस्य राजेन्द्र गौतमको अध्यक्षतामा भएको छलफलमा सञ्चार विज्ञ डा. महेन्द्र विष्टले एमालेको सञ्चार नीतिको प्रारम्भिक मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत मस्यौदामाथि छलफल गर्दै छिट्टै पूर्ण रूप दिने निर्णय भएको विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो ।












प्रतिक्रिया