– सन्तोष काफ्ले
धरान, २ असार । धरान उप महानगरपालिकामा व्यापारिक भवन तथा घर निर्माण गर्दा अनिवार्य इजाजत लिनु पर्ने नियम लागू भएको छ ।
भवन सहिता, तथा सडकको मापदण्ड पुरा भएर आएका नक्सालाई मात्र उप महानगरपालिकाले इजाजत दिने गरेको छ । विना इजाजत भवन तथा घर निर्माण गरे नगरपालिकाले तत्काल कारबाही गर्ने गरेको छ ।
तर यो नियम सर्वसाधरणको लागि मात्रलागु भएको छ । धरान निमार्णाधिन केहीव्यापारिक प्रतिष्ठानले यो नियमको खिल्ली उढाउदै विनाइजाजत ५ तले भवन निमार्ण गरिरहदा समेत उपमहानगर पालिकामौन वसेको छ । त्यसमा पनि भुकम्प पछि दुइतला भन्दा अग्ला भवन तथा घर निर्माणका लागी सरकारले रोक लगाएको भएपनि धरानमा भने रातारात ५ तले भवन निर्माण भइरहेका छन् ।
२०४५ सालको भूकम्पबाट धरानमा ठूलै धनजनको क्षति पुगेपछि धरान भूकम्पको जोखिममा रहेको भन्दै तत्कालिन धरान नगरपालिकाले २०६५ सालमा भवन संहिता लागूगरेको हो । भवन संहिता लागू भएसँगै धरान क्षेत्रमा घर तथा भवन निर्माण गर्दा उपमहानरपालिकाको इजाजत अनिवार्य रुपमा लागू गर्देै आएको भएपनि केही व्यापारिक प्रतिष्ठानले भने यो नियम पालना गरेका छैनन् । संहितासँगै धरान क्षेत्रमा ५ तलाभन्दा अग्लाभवन निर्माणमा समेत रोक लगाइएको छ ।
धरान क्षेत्रमा भवन निर्माण गर्न नक्सा बनाइ सकेपछि उप महानगरपालिकामा पेस गर्नुपर्छ । नक्सा पेस भएपछि उपमहानगरले १५ दिने सूचना जारी गरेर सम्बन्धित वडा समितिको स्थलगत अध्ययनको सिफारिसको तथा उपमहागनरका प्राविधिकको अध्ययन रिपोर्टका अधारका पहिलो चरणको अनुमति दिने प्रावधान रहेको छ । पहिलो चराणको अनुमतिपछि घर तथा भवन निर्माण सुरुवात गरे पनि आधा बनेपछि दोस्रो चरण र निर्माण पुरा भएपछि अन्तिम चरणको अनुमति उपमहानगरले दिने गरेको छ ।
तर यो कुनै प्रक्रिया पुरा नै नगरी धरान ९ स्थित पुतलीलाईनमा निमार्णाधिन भाटभटेनी सुपर मार्केटले भने भवन निर्माण गरिहेको छ । भाटभटेनीले रातारात ५ तले भवन निर्माण गरिरहेको भएपनि नगर प्रशासन मौन छ । सर्वसाधरणलाई विना इजाजत भवन तथा घर निर्माण गर्न नदिने उपमहानगर व्यापारिक प्रतिष्ठानले भने कुनै प्रक्रिया नपुर्याइ भवन निर्माण गरिरहँदा समेत पनि केही नगरी बस्नाले सर्वसाधरणमा नगरपालिका प्रति शंका उब्जिएको छ । यो विषयमा उपमहानगर पनि बेखवर भने छैन, धरान उपमहानगरका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ स्यवपनि भाटभटेनी ले इजाजत नलिएको बताउँछन् । प्रक्रियामा भने आएको तर इजाजत भने नलिइ भवन बनाएको भनाई छ ।
उनले इजाजत बिनानेै भवन निर्माण गरेकाले भाटभटेनीलाई कारबाहीको प्रक्रियामा ल्याउने बताए । त्यसो त भाटभटेनीले इजाजत मात्र होइन भूकम्पपछि सरकारले असार मसान्त सम्म दुई तलाभन्दा अग्ला घर एवं भवन बनाउन रोक लगाए पनि रातारात भवन निर्माण गरिहेको छ । सर्वसाधारणको निर्माणाधिन घर मापदण्ड विपरीत भए तत्काल उपमहानरपालिकाले निर्माण कार्य रोक्न भन्दै पत्र थमाउने गरेको छ । भूकम्पपछि उपमहनगरले ७ वटा जति सर्वसाधारणको घरलाई निर्माण रोक लगाइएको छ ।
सरकारी निर्देशन र उपमहानगरपालिकाले सूचना जारी हुँदा सम्मका सुरु नगरेका धरान ८ स्थित गोर्खा डिपार्टमेन्ट स्टोर र पुरानो ट्राफिक चोकस्थित भवनको काम भने अहिले रातारात भइरहेको छ । निर्देशन अनुसार दुबै भवनको काम रोकिनु पर्ने हो, तर धमाधम बनिरहेको छ ।
यो बर्ष करिब साढे ५ सय घर नक्साले उपमहानगरपालिका कार्यालयबाट निर्माण इजाजत पाएका छन् । तर उपहानगरपालिकाले अनुमति लिएका सर्वसाधारणको घर नियम पालना गरे नगरेको अनुगमनको तयारी मात्रै गरेको छ । अहिलेसम्म अनुगमन गरेको छैन् ।
मापदण्ड विपरित भए कारबाहीको तयारीमा समेत छ उपमहानगर तर मापदण्ड विपरित बनेका व्यापारिक प्रतिष्ठानको विषयमा भने किन मौन बसेको छ उपहानगर पालिका ? यस विषयमा गम्भीर प्रश्न उब्जिएको छ ।
















प्रतिक्रिया