काठमाडौं, १ असार । मध्यपश्चिमका पर्यटकीय स्थलमध्ये सबै भन्दा बढी पर्यटकको रोजाईमा परेको स्थान हो ।
बर्दिया राष्ट्रिय निकुन्ज तथा मध्यपश्चिमका १५ जिल्लालाई समेटेर समृद्ध मध्यपश्चिम बृत्तचित्र बिमोचन गरिएको छ । काठमाडौका पर्यटन ब्यबसायी, पर्यटनविद तथा पत्रकार सबै मिलेर एकै पटक बर्दियाको नक्सा तथा बृत्तचित्र बिमोचन गरिएको हो ।
बिशेष गरी बाघ तथा वाईल्डलाइएफको रुचि राख्ने पर्यटको पहिलो रोजाईमा पर्ने स्थान बर्दियामा पर्यटकलाई चाहिने आधारभूत नक्शा समेन नहुदा बर्दिया राष्ट्रिय निकुन्ज आउने पर्यटकले निकै सास्ती झेल्नु परेको थियो । तर अब त्यो सास्ती झेल्नु पर्ने छैन ।
मनघरी फाउन्डेशले बर्दिया राष्टिय निकुन्जलाई लक्षित गरेर पर्यटकीय नक्शा प्रकाशन गरेको छ । प्रकाशन गरेको नक्सामा एकतिर बर्दियाको राष्टिय निकुन्जमा आउने पर्यटकलाई लक्षीत गरी पर्यटकीय नक्शा तथा अर्को तिर मध्यपश्चिमका पन्धै जिल्लाका पर्यटकीय स्थलको सचित्र जानकारी छ ।
बर्षेनि ५० हजार भन्दा पनी बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने बर्दियामा पर्यटकीय नक्सा नहुदा पर्यटकहरु हराउने तथा गलत दिशा तर्फ जाने भएकाले नक्शा बनाउन लागेको मनघरी फाउन्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए ।
उनले भने-‘बर्षेनि ५० हजार भन्दा पनी बढी पर्यटकको आगमन हुने स्थान तथा बाघ हेर्नका लागी पहिलो रोजाईमा पर्ने बर्दियाको अहिले सम्म पनी नक्शा नहुनु भनेको पर्यटन क्षेत्रमा हामी कती पछी छौ भन्ने ज्वलन्त उदाहरण हो ।’
त्यस्तै फाउन्डेशनका अध्यक्ष भरतबन्धु थापाको निर्देशन, परिकल्पना तथा लेखनमा तयार गरिएको समृद्ध बृत्तचित्र पनी बिमोचन गरिएको छ । बृत्त चित्रमा मध्यपश्चिमका पन्धै जिल्ला दैलेख, सुर्खेत, बाँके, बर्दिया, जाजरकोट, हुम्ला, कालिकोट, जुम्ला, डोल्पा, मुगु, दाङ, प्यूठान, रुकुम, रोल्पा, सल्यान जिल्लाका प्रमुख पर्यटकीय स्थलहरु समावेश गरिएको छ ।
















प्रतिक्रिया