
धनुषा, १७ चैत । उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शोषित, पीडित वर्गको अधिकार, प्रतिनिधित्व र सम्मानका लागि संगठित हुनुको विकल्प नरहेको बताउनुभएको छ ।
आज जनकपुरधाममा पिछडा वर्ग महासंघ नेपालद्वारा आयोजित दुई दिवसीय प्रशिक्षणको समापन समारोहमा उहाँले पिछडा वर्ग बहुसंख्यक भए पनि संगठित हुन नसक्दा उचित अधिकार, प्रतिनिधित्व र सम्मान पाउन नसकेको बताउनुभयो ।
वर्तमान युगमा संगठन नै शक्ति रहेको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री यादवले पिछडा वर्गहरूलाई संगठित भएर अघि बढ्न आग्रह पनि गर्नुभएको छ ।
पिछडा वर्गमा शिक्षाको आभाव देखिएको बताउनुहुँदै जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहनुभएका अध्यक्ष यादवले आफ्ना सन्तानको शिक्षामा जोड दिन अपिल गर्नुभएको छ ।
पिछडा वर्ग महासंघका अध्यक्ष भरत महतोको अध्यक्षतामा दुई दिनसम्म चलेको प्रशिक्षणमा मुलुकका विभिन्न क्षेत्रबाट आउनुभएका एक सय जनाभन्दा बढीको प्रशिक्षार्थी सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक अध्यक्ष यादवका साथै सिपी सिंह, मनाइ महतो, दीपेन्द्र कापरलगायत हुनुहुन्थ्यो ।








प्रतिक्रिया