६ कार्तिक २०८३, शुक्रबार

संविधानमा सङ्घीयता नराखे संविधानसभा छाड्ने सद्भावनाको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-mahatoकाठमाडौँ, १ असार । सद्भावना पार्टीले विगतमा भएको सहमति अनुसार संविधानमा पहिचान सहितको सङ्घीयता समावेश नगरे संविधानसभा परित्याग गर्ने घोषणा गरेको छ ।

सो पार्टीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले १६ बुँदे सहमतिमा सिमाङ्कन, नामाङ्कन थाती राखी सङ्घीयता बिनाको संविधान बनाए आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभयो । पार्टीले जेठ २५ गते चार दलबीच भएको १६ बुँदे सहमतिलाई धोकाको रुपमा लिएको उहाँले बताउनुभयो ।

अध्यक्ष महतोले उक्त सम्झौता नेपाली जनताको भावना तथा अन्तरिम संविधान विपरित भएको भन्दै सङ्घीयताको नाममा षड्यन्त्र भएको पनि आरोप लगाउनुभयो ।

संविधानसभावाट चाँडै संविधान निर्माण गर्ने उद्देश्यले निर्वाचित जनताका प्रतिनिधिको अधिकारलाई कुण्ठित गरेको भन्दै सङ्घीयताका लागि अन्तिम समयसम्म सङ्घर्ष गर्ने त्यसो गर्दा पनि आफ्नो मागको सुनुवाई नभए सडक सङ्घर्षको माध्यमबाट आफ्नो मुद्दालाई स्थापित गराउने उहाँले बताउनुभयो ।

पार्टीले सीमाङ्कनसहितको सङ्घीय संविधानका लागि वृहद अभियान चलाउने बताएको छ जसमा असार ७ र ८ गते पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका तराईका २० जिल्लामा पार्टीले अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्नेछ । रासस