६ कार्तिक २०८३, शुक्रबार

विदेशी मुद्रासहित चिनियाँ महिला पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-Ghus-Thagi-Chitthaकाठमाडौँ, ३२ जेठ । गैरकानुनी रुपमा ल्याएको विदेशी मुद्रासहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।

काठमाडौँबाट चेङदु जान लागेकी याइ होङलाई आज ९८ हजार ५०० अमेरिकी डलर, २० हजार ५२० चिनियाँ युआन र रु १३ हजार ११५ सहित विमानस्थलस्थित महानगरीय प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति राजस्व अनुसन्धान विभागपठाइएको छ ।

अभियुक्त याइ वैशाख १ गते काठमाडौँ आएर सोही दिन चीन फर्केकी र पुनः जेठ ८ गते यहाँ आएर आज स्वदेश फर्कनेक्रममा पक्राउ परेकी उक्त कार्यालयले जनाएको छ ।