काठमाडौँ, ३२ जेठ । काठमाडौं उपत्यकाको लगनखेलमा मिनिबसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
ललितपुर पुरचण्डी बस्ने ५५ बर्षीया नानिमैया खड्कीको मिनिबसको ठक्करबाट सोमबार मृत्यु भएको हो । उनलाई सोमबार विहान लगनखेलमा बा.२ ख २०३४ नम्बरको मिनिबसले ठक्कर दिएपछि उपचारको लागि पाटन अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । मिनिवस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी पाँचथर मागी–२ बस्ने १४ बर्षीय संगम तामाङलाई सोमबार विहान मागी–१ याङ्गसेबुङ हिटीमा ना.१ क २८०८ नम्वरको टिपले ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।















प्रतिक्रिया